गुल्मीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६ सय नाग्यो

श्रावण २७,गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ५ जना र एन्टिजेन परिक्षण गर्दा ५० जना गरि ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको रेसुङ्गा नगरपालिकामा २४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै रुरुक्षेत्र गाउँपालिकामा १३ जना, छत्रकोट गाउँपालिकामा ८ जना, मुसिकोट नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाकै धुर्कोट गाउँपालिकामा ३ जना, सत्यवती गाउँपालिका र इस्मा गाउँपालिकामा १-१ जना गरि ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६ सय २२ पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या शुन्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस