सूर्योदय युवा क्लवद्वारा पहिरो पीडितलाई राहत वितरण

साउन २३,गुल्मी :

सुर्यदय युवा क्लवले आज एक कार्यक्रम बीच पहिरो पीडित लाई राहत वितरण गरेको छ ।
रुरुक्षेत्र गाउँपालिका -४- चौतारा गुल्मीमा २०७८-०३-२४ गते गएको पहिरोबाट पीड़ित लक्ष्मी खड़का, झबिंद्र खड़का, सरस्वती खड़का, रन बहादुर खड़का, युबराज ज्ञवाली, सूर्य बहादुर खड़का, दुर्गा प्रसाद ज्ञवाली, छबीलाल ज्ञवाली, ईश्वरा ज्ञवाली, तिलक बहादुर भूसाल र लक्ष्मण खत्रीलाई एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष पदम लाल श्रेष्ठ, प्रमुख अथिति जिल्ला समन्वय समिति सदस्य हरी प्रसाद ज्ञवाली, विशेष अथिती रुरूक्षेत्र गाउँपालिका वार्ड नं ४ अध्यक्ष फर्शु राम ज्ञवाली, रकम संकलनमा समन्वय गर्नुहुने क्लबका सक्रिय सदस्य राजु श्रेष्ठ लगायत अन्य क्लबका सक्रिय सदस्यको उपस्थितिमा सहयोग रकम रु.४५०००/- हस्तान्तरण गरेको छ ।
रकम क्लबका क्रिकेट खेलाडीहरू बिचमा संकलन गरिएको थियो । यस संस्थाले बिगत देखीनै यस क्षेत्रको खेलकुद विकाशमा लागेको र अहिले क्लबका खेलाडिहरूको परिवार र यो समुदायमा समस्य परेकोमा संस्थाले समस्यमा थोरै भएपनि मलम लगाउन लागि उक्त रकम सहयोग गरिएको कार्यक्रम सञ्चालक अञ्जु केसी लेजानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस