गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

साउन २३, गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ६ जना र एन्टिजेन परिक्षण गर्दा ८८ जना गरि ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
जिल्लाको रेसुङा नगरपालिकामा ३७ जना, धुर्कोट गाउँपालिकामा १३ जना, रुरुक्षेत्र गाउँपालिकामा १० जना, छत्रकोट गाउँपालिकामा २५ जना, गुल्मीदरबार गाउँपालिकामा १० जना, इस्मा गाउँपालिकामा चार जना, सत्यवती गाउँपालिकामा २ जना, मदाने गाउँपालिकामा १ जना गरि ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४७९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चन्द्रकोट गाउँपालिका कि ५३ वर्षिय महिलाको मृत्यु भएको हो। गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९३ पुगेको छ।
अहिले सम्म कुल ४ हजार ३ सय ८१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस