गुल्मीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना डिस्चार्ज

श्रावण २२, गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा १३ जना र एन्टिजेन परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
जिल्लाको रेसुङा नगरपालिकामा ६ जना, मुसिकोट नगरपालिकामा १ जना, कालीगण्डकी गाउँपालिकामा १ जना, छत्रकोट गाउँपालिकामा ५ जना, गुल्मीदरबार गाउँपालिकामा ४ जना, धुर्कोट गाउँपालिकामा ४ जना, रुरुक्षेत्र गाउँपालिकामा ३ जना, सत्यवती गाउँपालिकामा २ जना गरि २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ३८६ पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएका छन् । अहिले सम्म कुल ४ हजार ३ सय ८१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस