गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना डिस्चार्ज

साउन १९, मंगलवार :

गुल्मीमा पछिल्लो २४ घण्टामा ३५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ८४ जनाको परिक्षण गर्दा २२ जना पुरुष र १३ जना महिला गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
संक्रमित हुनेमध्य सबैभन्दा धेरै जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा ८ जना, सत्यवती गाउँपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा र मुसिकोट नगरपालिकामा २-२ जना, रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिकामा र मदाने गाउँपालिकामा १-१ जना, गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २८ रहेको छ । गुल्मी जिल्लामा अहिलेसम्म ४ हजार २ सय २१ जना कोरोनामुक्त भएका छन । जिल्लामा सक्रिय संक्रमित ४४२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहे संगै जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस