गुल्मीमा पछिल्लो २४ घण्टामा ४७ जनामा कारोना संक्रमण पुष्टि

साउन १८, गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा ४७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
१२२ जनाको परिक्षण गर्दा २३ जना पुरुष र २४ जना महिला गरि ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
संक्रमित हुनेमध्य सबैभन्दा धेरै जिल्लाको रुरु क्षेत्र गाउँपालिकामा १७ ,धुर्कोट गाउँपालिकामा १०, मुसिकोट नगरपालिकामा ६ सत्यवति गाउँपालिकामा १० जना, छत्रकोट गाउँपालिकामा ३ जना र गुल्मीदरबार गाउँपालिकामा १ जना, गरि ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ । गुल्मी जिल्लामा अहिलेसम्म ४ हजार १ सय ९३ जना कोरोनामुक्त भएका छन । जिल्लामा सक्रिय संक्रमित ४३५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहे संगै जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस