गुल्मी छत्रकोट-५ खर्ज्याङ्ग र आसपासको क्षेत्र एक हप्ताको लागि  पुर्ण रुपमा बन्द

 

अनुप ज्ञवाली, श्रावण १८ गुल्मी : 

स्वास्थ्य बिभाग बाट covid-19 कोरोना भाइरसको अति  उच्च जोखिम ५ जिल्लामा गुल्मी र अर्घाखाँची जिल्ला समाबेश भएसङ्गै अर्घाखाँची जिल्लामा गत १६ गते सनिवार बाट पुर्ण रुपमा निशेधाज्ञा लागू भएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका सङ्गै सिमाना जोडिएको गुल्मी को छत्रकोट गाउँपालिका वार्ड नम्बर -५, खर्ज्याङ्ग र त्यस आसपासका क्षेत्र हरुमा पनि कोरोना भाइरसको बढ्दो जोखिम लाई मध्यनजर गर्दै सम्भावित खतरालाई न्यूनीकरण गर्न एक हप्ताको लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो । 

आज बिहान बसेको वार्ड कार्यालय, प्रहरी चौकी र  बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले  मिति २०७८/४/१८ गते देखि आउदो २५ गते सम्म खर्ज्याङ्ग र यस आसपासका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो। तर अत्यावश्यक खाद्यान्न पसल सामाजिक दुरि कायम गर्दै  स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर बिहान ८ देखि १० बजे सम्म मात्र खोल्न दिने निर्णय भएको छ। त्यसै गरि औसधि पसल खुल्ला नै रहने छ भने दूध संकलन को लागि बिहान र बेलुका को समय छुट्टयाइएको छ । 

निर्माण ब्यवसाय र भेटेरिनरी पसलहरु आवश्यकता अनुसार प्रहरी चौकिको समन्वयमा छोटो समयको लागि खोल्न दिने र बैंकको हकमा आपतकालीन घटनाको अवस्थालाई ध्यान दिदै वार्डको सिफारिसमा खोल्न सक्ने निर्णय भएको जानकारी त्यहाँ बाट स्थानीय व्यापारी बद्री प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस