समाचार प्रभाव : गाउँपालिकाको सक्रियतामा फेरि किनिए बेचिएका अनुदानका भैंसी ।

साउन १७ गुल्मी :
छत्रकोट गाउँपालिका गुल्मीमा बेचिएका अनुदानका भैंसी पुन किनिएको छ । साउन १५ गते रेडियो श्रृङ्गेश्वरबाट गाउँपालिका वडा न.३ र ४ मा अनुदानको दुरुपयोग भएको समाचार प्रकाशित भएको थियो । गाउँपालिका र वडाको बिशेष सक्रियतामा बेचिएका भैंसी किसानले पुन: किनेको वडा सदस्य रुनमाया सिङ्जालीले बताइन् । गाउँपालिकाले पनि उनिहरुलाई १७ गतेसम्मको म्याद दिएको थियो ।
स्थानीय देविप्रसाद पन्थ र निलकण्ठ पन्थले गाउँपालिकाले उपलब्ध गराएको अनुदानबाट किनेको भैंसी विभिन्न बहाना बनाएर एक हप्तामै आफ्नो गोठबाट हटाएका थिए । अब बाट त्यस्ता क्रियाकलाप नदोहोरिने सर्तमा उनिहरुले शनिबार पुनः भैंसी किनेर ल्याएको वडा सदस्य सिङ्जालीले जानकारी गराइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस