नेकपा एमाले रुरु क्षेत्रद्धारा पहिरोले क्षतिपुर्यायका ११ घर परिवारलाई १ लाख रुपियाँ हस्तान्तरण

चुरामणि तिमिल्सिना, साउन १६ गुल्मी :

नेकपा एमाले रुरु क्षेत्र वडा न ४ वडा कमिटीले बलेटक्सार गुल्मीले एक कार्यक्रमका बीच रुरु क्षेत्र ४ मा गत असार २४ गते बिहानी पख गयको पहिरोले क्षतिपुर्यायका ११ घर परिवारलाई रु १ लाख रुपियाँ हस्तान्तरण गरेको छ ।


वडा न ४ का वडा कमिटिका अध्यक्ष नारायण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सदस्य हरि प्रसाद ज्ञवाली, प्रमुख अतिथी रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिहरुमा पालिका कमिटिका अध्यक्ष चक्रपाणि गौतम पाटि गाउँकमिटी सचिब तथा वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, जिल्ला कमिटी सदस्य मिना गौतम, तोयनारायण ज्ञवाली , मोति प्रसाद श्रेष्ठ, सोम बहादुर नेपाली ,दुर्गा घायल रहनु भएको थियो ।
कार्यक्रमको सन्चालन वडा कमिटिका सचिब जगनाथ ज्ञवालीले गर्नुभएको थियो । सहयोग कार्यक्रममा टोल कमिटी ,वडा कमिटी, रुरु क्षेत्र गाउँ कमिटी र जिल्ला कमिटीले सहयोग गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस