थारु महिला उत्थान केन्द्रद्धारा प्रदेश स्तरिय समन्वयात्मक कार्यशाला सम्पन्न

अमर पन्थ, साउन १३ बुटबल :

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्र बर्दियाको संमन्वयमा संचालित कोभिड १९ को असरबाट बच्न समुदायको क्षेमता अभिवृद्धि कार्यक्रम होटल सिद्धार्थ राजमार्ग चौराहा बुटबलमा सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनाल लुम्बिनीका निर्देशक डा.विनोद कुमार गिरीको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. पुष्पराज पौडेल,स्वास्थ्य कार्यलय बर्दियाका प्रमूख गोकर्ण गिरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा .दिनेश कुमार चापागाई, स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, प्रदेश जन स्वास्थ्य प्रयोगशालाका निर्देशक रोशन लाल चौधरी, पत्रकार अमर पन्थ लगायत विभिन्न संस्था WHO, SHPH,UNFPA, UNISAFE र सुआहाराका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती थारुले सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो, थारु महिला उत्थान केन्द्र कि कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले कार्यक्रममा बोल्दै संस्थाले कोभिड १९ मा गरेका काम र संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै प्रमूख अतिथी गिरीले संस्थाले गरेको कार्यको प्रंशसा गर्दै प्रदेशसँग सहकार्य गर्दै अगाडि बढ्न र यस संस्थाको लागि आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार हरपल तयार रहने बताउनुभयो । साथै कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले संस्थाले प्रशंसायोग्य कार्य गरेकोे बताउँदै आगामि दिनमा पनि यस्तै कार्य गरि अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उठेका जिज्ञासाको किरण भुषाल र आशा राम चौधरीले जबाफ दिनुभएको थियो । कार्यक्रम व्यवस्थापक तेजमणी पन्थले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस