सामाजिक  तथा धार्मिक  अभियानता  कंडेलको लगानीमा  निर्माणाधिन हनुमान मन्दिर  चैतन्य  कृष्ण  प्रभुबाट  उत्घाटन 

 

चुरामणी तिमिल्सिना,श्रवाण ९  गुल्मी :

गुल्मी को  छत्रकोट गाउँपालिका वडा न ३ भालुपानीमा बृहत कार्यक्रमका साथ नव निर्मित हनुमान जिको मन्दिर  प्राण प्रतिष्ठा सहित  अन्तर्राष्ट्रिय स्तरमा ख्ताती पाप्त  चैतन्य  कृष्ण  प्रभु  बाट सनिवार उत्घाटन  कार्यक्रम  सम्पन्न भएको  छ ।

छत्रकोट गाउँ पालिका वडा न ४ श्रीङगा निवासी   सामाजिक  तथा धार्मिक  अभियानता पोमलाल कंडेल  तथा गिता कंडेलले  आफनै लगानीमा  निर्माण  गर्नु भएको  मन्दिर  छत्रकोट देवि भगवती मन्दिर  बृहत बिकास  समिती भालुपानीलाइ  सनिवार नै हस्तान्तरण गर्नु भएको  हो ।

समितिका अध्यक्ष   शालिकराम  भुसालको अध्यक्षता रहेको कार्यक्रममा धार्मिक  अभियानता चैतन्य कृष्ण  प्रभु प्रमुख  अतिथी रहनु भएको थियो।  यस्तै कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष  मधु कृष्ण  पन्थ , उपाध्यक्ष  नर्मदा भण्डारी  प्रमुख  प्रसासकिय अधिकृत पुन्य  प्रसाद पौडेल यस्तै वडाका सम्पुर्ण  जनप्रतिनिधिहरु  ईलाका  प्रहरी  कार्यलय  रिडीका प्रहरी  निरीक्षक  सुभराज बम  धार्मिक  अभियानताहरु  पत्रकार  लगायतको सहभागीता रहेको  थियो ।

समितिका अध्यक्ष बिष्णु पन्थको  स्वागत मन्तव्य  बाट सुरु भएको कार्यक्रममा  प्रमुख  अतिथी  चैतन्य प्रभुले आफ्नो कलाभाषा धर्म  सस्कृति संरक्षण गर्न  यश भेगमा युवा पुस्ता  जागेकोमा धन्यवाद  दिदै    आगामी  दिन्हरुमा आफ्नो हिन्दु  धर्मसङग सम्बन्धित   कार्यक्रमलाई प्रचारप्रसारमा लाग्न सबैलाई  आग्रह गर्नु भयो ।कार्यक्रममै मन्दिर  निर्माण  कर्ता पोमलाल कंडेल उमा कंडेल  बिपन  दिपेन्द्र यस्तै  उहाँका पिता माता पिता   वरिष्ठ  पण्डित ढुन्डिराज ज्ञवाली ,विकासको लागि खटिने धार्मिक  अभियानता तथा पत्रकार  चुरामणी तिमिल्सिनालाइ लाई दोसल्ला तथापाल्पाली करुवाले सम्मान  गरिएको  थियो । आफ्नो निवास  श्रीङगाबाट बाजा गाजा  भजन कृतन  सहित  पवन्सुत हनुमानलाई  मन्दिर  प्रवेश  गराइयको थियो ।

समितिले आइतबार  देखिनै रुरु१ रिडीका  युवा  गुरु   अर्जुन ढकाल लाइ पुजारीमा घोषण  गरि  समारोहमा स्वागत तथा सम्मान  समेत  गरेको हो  ।

कार्यक्रममा पत्रकार   भुवन भुसालले  मन्दिर  निर्माण  देखि सामाजिक  सम्पदाहरु निर्माण गर्नुका सम्पुर्ण  गतिविधि कसरी भयो अवको योजना  र कसरी गर्ने  भन्ने विषयमा आफ्ना धाराणा राख्नु भएको  थियो ।

कार्यक्रमको  सन्चालन समितिका सचिव  धनपति पन्थले गर्नु भएको  थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस