सरस्वति मन्दिरमा दैनिकी पुजा संचालनको लागि १लाख ५० हजार अक्षयकोष स्थापना

चुरामणि तिमिल्सिना, साउन – ४ :


त्रिभुवन माध्यमिक विद्यालय तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पालाइ एक औपचारिक समारोहका बीच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वडा न १४ निवासी तथा यसै विद्यालयका सस्थापक प्रधानाध्यापक तथा सबै गुरुका रुपमा चिनेने कृष्ण चन्द्र गैरेले विद्यालय परिसरमा नव निर्मित रहेको सरस्वति मन्दिरको दैनिकी पुजा संचालनको लागि १लाख ५० हजार अक्षयकोष स्थापना गरि रकम हस्तान्तरण गर्नुभएको हो ।


हस्तान्तरण कार्यक्रममा वडा न १४ का वडा अध्यक्ष कमल राना प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा सहयोग रकम बुझ्दै अध्यक्ष रानाले समाजमा जन्मेपछी समाजका हरेक क्रियाकलापमा सहभागीता जनाउन सकेमा पुन्य हुने र भाविका पुस्ताले समेत सिक्ने पाटो बन्ने बताउनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष दुर्गा दत्त रेग्मी विध्यालयका पुर्ब प्रधानाध्यापक श्रीधर प्रसाद भट्टराई पुर्ब अध्यक्ष पर्सुराम भट्टराई पुर्ब गाबिस उपाध्यक्ष भानुभक्त पाण्डे , वडा सदस्य बिष्णु प्रसाद रेग्मी रमेश न्यौपाने टोल संयोजक कृष्ण प्रसाद भट्टराई सामाजिक अभियानता कमल कृष्ण गैरेको आथीत्यता रहेको थियो ।
यस्तै यसै कार्यक्रमको अवसर पारेर वडा न १४ का वडा सदस्य तथा सामाजिक अभियानता बिष्णु प्रसाद रेग्मिले आफ्ना स्व बुवा झिल्लु प्रसाद रेग्मी र आमा बसुन्धरा रेग्मिको सम्झनामा विद्यालयमा नगद रु १० हजार १सय पाँच अक्षयकोष प्रदान गर्नुभयो । रेग्मीले विद्यालयमा सहयोग हस्तान्तरण गर्दै सामाजिक सस्थामा सहयोग प्रदान गरेमा सदैभरी आफ्ना पितृहरुको विद्यालयले सम्झने बताउनुभयो कार्यक्रममा प्रधानाध्यापक नारायण प्रसाद नेपालले सहयोग प्रदान गर्नुहुने दुबै जनालाइ धन्यवाद प्रदान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस