कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमै विरोध

अमर पन्थ, बुटवल /२६ असार :

कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमै बिरोध भयको छ । बुटवलमा बस्दै आएका कालीगण्डकी सरोकार समूह ले विरोध प्रदर्शन गरेको हो। उनिरुले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताउनु भएको छ ।
प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिदैँनौ लगायतका नारा सहितका प्लेकार्ड बोकेको देखिन्थ्यो ।
बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन् । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरेका छन् ।
रेडियो श्रृङ्गेश्वर संघ कुरा गर्दै लक्ष्मण बस्यालले भन्नुभयो-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यता विरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको भन्दै कुनै पनि हलतमा सफल हुन नदिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस