अविरल बर्षाका कारण रुरुक्षेत्र गुल्मीका विभिन्न स्थानमा पहिरो जाँदा लाखौंको क्षति ।

 

माधव ज्ञवाली, असार २४ गुल्मी :

हिजो रातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीका विभिन्न स्थानमा पहिरोले लाखौंको क्षति पुर्याएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौतारामा गोठ र खोर पहिरोमा पुरिँदा ठूलो क्षति पुगेको छ ।
राती देखिको अबिरल बर्षा संगै अएको पहिरोले यम बहादुर खड्काको १ गोठ र १ खोर पुरिएर एउटा ब्याउने भैंसी बकेर्नो पाडो र १० वटा बाख्रा मरेका छन, जसबाट लाखौंको क्षति पुगेको छ । घर पनि जोखिममा रहेकोले परिवार बिस्थापित भएका छन ।
बलेटक्सार चौताराकै झबिन्द्र खड्का, रनबहादुर खड्का, अर्जुन केसी , छबिलाल ज्ञवाली र इश्वरा ज्ञवालीको घरगोठमा पहिरोको जोखिम बढे पछि अन्यत्र सारिएको वडाअध्यक्ष फर्सुराम ज्ञवालीले बताउनुभयो ।
त्यस्तै यता रुरुक्षेत्र ४ चौतारा धरापानीका माधव ज्ञवालीको परिवार पनि पहिरोको कारण बिस्थापित भएको छ । बिहान करिब पाँच बजेतिर घर माथिबाट खसेको पहिरोको कारण उहाँको घर जोखिममा परेको हो । यस्तै वडा न.४ रास्लुङमा पनि धेरै घर गोठ पहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस