घ्युबेशी राहत संकलन तथा वितरण अभियानको अर्को कार्य:वृद्ध  महिलाको गर्यो उद्दार

 

 

माधव ज्ञवाली, असार ५ गुल्मी :

 

घ्युबेशी राहत संकलन तथा वितरण अभियान रुरुक्षेत्र गाउँपालिका गुल्मीले आज एक वृद्ध महिलाको उद्दार गरेको छ।

कोभिड १९ ले पार्न सक्ने आर्थिक ,सामाजिक तथा मानसिक समस्यालाई मध्यनजर गर्दै अति आवश्यक औषधि तथा खाद्यान्न उपलब्ध गराउने उदेश्य सहित स्थानीय युवाहरु राजन श्रेष्ठ ,बालेन श्रेष्ठ ,विशाल गहतराज,अनिस गहतराज लगायतको सक्रियतामा अभियानको सुरुवात गरिएको थियो,अभियानले आज जिल्लाको रुरुक्षेत्र गाउँपालिका स्थित रानिबासबाट दमन्ती घर्ती मगर नाम बताउने बृद्द महिलाको उद्दार गरेको हो। बिगत २ बर्ष देखि रानिबास आसपासमा सडक जीवन बिताइरहनुभएकी उहाँको आज  युवा नेता यदु ज्ञवालीको ब्यवस्थापन साथै किसन पाण्डे , मन्जु परियार लगायतको सहजीकरणमा बुटवल स्थित मानव सेवा आश्रममा लागि उद्दार गरिएको अभियान्ता विशाल गहतराजले बताउनुभयो ।

अभियानले यस् भन्दा पहिले पनि धेरै काम गरिसकेको छ। लकडाउनको कारण समस्यामा परेका गरिब तथा बिपन्न घर परिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गर्दै आइरहेको यस् अभियानले रुरु प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक औषधि हस्तान्तरण पनि गरेको थियो । यस् सङ्गै अभियानले रुरुक्षेत्र गाउँपालिका भित्र विभिन्न स्थानहरुमा अत्यावश्यक औषधि पनि उपलब्ध गराउँदै आइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस