पाल्पाको रिब्दोकोटमा १६० जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधा प्रदान

चुरामणि तिमिल्सिना , असार ४ :

पाल्पाको रिब्दोकोट गाउँ पालिकामा १६० जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधा प्रदान गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमले रिब्दोकोट गाउँपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट जेष्ठ नागरिक ८४ बर्ष माथिका आमा बुवाहरुको स्वास्थ्य परिक्षण गरि पोषण युक्त आहार, हात धुने साबुन , मास्क लगाएत औषधी वितरण गरिएको पालिकाका अध्यक्ष नारायण बहादुर जिशीले जानकारी दिनुभयो ।
घर बाट स्वास्थ परिक्षण गर्न जान नसकेका भिटामिन युक्त खाने कुराको अभाव भएका र सामान्य औसधि पनि अभाव भैइरहेका बेला यो कार्यक्रम आयोजना गरिएको पालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो ।
यता यसै पालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रेम चन्द्र अर्यालले स्वास्थ क्षेत्र सुधार गर्नका लागि विनियोजन गरिएको सबै रकम यसै शीर्षकमा खर्च गरिएको र आगामी दिनहरुमा पनि स्वास्थ्य जस्तो क्षेत्रमा पालिकाको कुनै पनि स्थानमा कमि नहुने बताउनु भयो ।
पालिकाका स्वास्थ साखा प्रमुख सुनिल अधिकारीले आफु पालिकामा आयपछी स्वास्थ क्षेत्रमा परिबर्तन आयको महिला स्वास्थ स्यम सेविकाहरु सित दिनौहौ सम्पर्कमा रहि , काम गरिरहेको आफ्नो कार्य क्षेत्रका स्वास्थ चौकीहरुमा अनुगमन गरी निर्देशन दिएको र स्वास्थका साथिहरु सित समय समयमा अन्तरकृया गरेर पनि स्वास्थ समस्या समाधान गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस