गुल्मीको गौडाकोट स्थित म्यालपोखरिमा कार दुर्घटना,३ जना घाइते

चुरामणी तिमिल्सिना, असार ४ गुल्मी :

गुल्मीको गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरिको मोड मा कार दुर्घटना भएको छ ।
गुल्मी भुवाचिदी देखि तानसेन जादै गरेको ध.१ज ५०१ नम्बरको कार दुर्घटना भएको हो । कारमा सवार ३ जना घाइते भएका छन । घाइतेको गौडाकोट स्थित श्रेष्ठ मेडिकलमा उपचार हुँदै गरेको पत्रकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो । घाइते हुनेमा बाग्लुङका गाडी चालक संगम पुन , गाडीमा सवार हरि थापा र खुमा थापा रहेका छन् ।
उनिहरुको अबस्था सामान्य रहेको कंडेलले बताउनु भयो । चालकलाइ थप उपचारका लागि पाल्पा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस