स्थानिय द्धारा छत्रकोट गाउँपालिका वडा ४ मा अस्पतालको भवन बनाउन माग गर्दै गाउपालिकामा ज्ञापन पत्र

 

 

 

अमर पन्थ, असार २ गुल्मी :

छत्रकोट गाउँपालिका ४ गुल्मीका स्थानियहरुले गाउँपालिका  समक्ष स्वास्थ्य चौकी भवन तथा व्यवस्थापन गर्न माग गरेको छ ।

सहज रुपमा जग्गा उपलब्ध हुन सक्ने ठाउँलाई प्राथमिकतामा राखि हस्पिटलमा काम गर्ने कर्मचारी डाक्टर नर्स, अन्य स्टाप समेतको लागि क्वाटर व्यवस्थापन, हस्पिटलमा ओपिडी सेवा संचालन, स्टोर रुम, ल्याव, एक्सरे आदिको व्यवस्था साथै कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन, असाहाय बेसाहमारा व्यक्तिको शव व्यवस्थापन गर्नु अघि राख्ने शवगृह लगायतको लागि जग्गा उपलब्ध गराउन अनुरोध गरीएको छ ।

साथै साघुरो वा कन्जस्टेङ ठाउँमा र सिधै बस्ति वा समुदायलाई असर पर्ने ठाउँमा संरचना निमार्ण गर्नुहुर्दैन पोष्माटम कक्ष ईमर्जेन्सि कक्षको व्यवस्थापन यस्तै विभिन्न कारणले गर्दा संरचना वा भवन निमार्ण गर्दा आ–आफनो व्यक्तिगत फाईदा, बेफाईदा कसैले हेर्छ र विरोधका स्वरहरु यसमा सबैले हातेमालो गरी साथमा साथ काधमा काधँ मिलाई तन, मन  धन बचन र कर्मले सहयोग गरी विकास निर्माणका काममा आफनो क्षमता र विवेक प्रयोग गरि संरचना निर्माण  गर्दा पारदर्शिता र कुशलता पूर्वक कार्य सम्पादन गर्दा कम भन्दा कम लागतमा बलियो भरपर्दा र छिटो छरितो सबैको पहुँच हुने स्थानमा निर्माणको कार्यलाई यथा समयमा अगाडि बढाईयोस कसैको डर धम्कि र त्रासमा होईन भन्दै  छत्रकोट ४ का देबिदत्त कंडेल, दान बहादुर थापा, केशवराज कंडेल, कृष्ण प्रसाद कंडेल, पावर्ती कंडेल मानका कंडेल, लालमणी कंडेल लगायत आम छत्रकोट बासिका तर्फबाट माग गर्दछौ भनि निमित्त प्रमूख प्रसासकिय अधिकृत पून्य प्रसाद पौडेल समक्ष  माग जारी गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस