छत्रकोट गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत  भण्डारीलाई,  रेडियो श्रृङ्गेश्वर एफ.एमले गरेयो बिदाई

 

 

दिपा पन्थ जेठ ३१ गुल्मी :

छत्रकोट गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत दामोदर भण्डारीलाई रेडियो श्रृङ्गेश्वर एफ.एमले पनि एक कार्यक्रमका साथ बिदाई गरेको छ ।

भण्डारी छ महिना अघि देखि छत्रकोट गाउँपालिकामा प्रमूख प्रसासकिय अधिकृतको पद समाल्नुभएका वहाँ हाल उप सचिवमा बढुवा भएसगैँ आन्तरिक तथा कानुन मन्त्रालय बुटबलमा सरुवा हुनुभएको हो ।

कार्यक्रममा  रेडिया श्रृङ्गेश्वर एफ.एम व्यवस्थापन समितका अध्यक्ष धात्तानन्द भुसाल र स्टेशन म्यानेजर ईश्वरी बस्यालले सफल कार्य कालको शुभकामना व्यक्त गर्दै, मायाको चिनो, खादा र प्रमाण पत्रले सम्मान सहित बिदाई  गर्नुभएको थियो ।

भण्डारीले गाउँपालिकाको प्रशासन समालिरहदा गरेको  सहयोग, सहजिकरण र यस सम्मानप्रति आभार सगैँ धन्यवाद व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस