सामुदायिक बन उपभोक्ता महासंघ गुल्मी छत्रकोटद्धारा गाउँपालिकाका सम्पूर्ण वडामा राहात वितरण

दिपा पन्थ, जेठ ३० गुल्मी :

सामुदायिक बन उपभोक्ता महासंघ गुल्मी र छत्रकोट गाउँपालिकाको संयुक्त पहलमा गाउँपालिकाका सम्पूर्ण वडामा राहात वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा स्थानिय परियोजना संयोजक कृतज्ञ ज्ञवालीको सहजीकरणमा गाउँपालिकाका ६ वटै वडामा रहेका ५० घरधुरीलाई राहात सामागी्र वितरण गरिएको हो ।
कार्यक्रममा कोरोना संक्रमितको घरघरमा गई रोग प्रतिरोधात्मक क्षेमता बढाउने विभिन्न खालका औषधी,माक्स लगायत गरी तीस हजार बराबरको राहात सामाग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस