गुल्मी रिमुवाका चन्द्रबहादुर पचभैयाद्वारा रिमुवा बिपद ब्यवस्थापन समितिलाई १ लाख बढी सहयोग

 

माधव ज्ञवाली, जेठ २१ गुल्मी :

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिन थालेपछी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न ६ मा “कोरोनाबाट बचौँ र बचाउँ” भन्ने नारा सहित स्थानीय युवाहरुको सक्रियतामा रिमुवा बिपद ब्यवस्थापन समिती गठन भयो ।
रिमुवा स्वास्थ्य चौकिलाई अक्सिजन सिलिन्डर तथा आवस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र समुदायमा जनचेतना फैलाउने उदेश्य सहित ज्ञान बहादुर कालाको अध्यक्ष्तामा अभियान सुरु गरियो ।
अभियानमा विभिन्न सघं संस्था एवं ब्यक्तिहरुले साथ र सहयोग गर्दै अभियानलाई सशक्त रुपमा अघि बढाउन मद्दत पुर्याइरहेका छन् ।
यसैबीच एकजना समाजसेवीले अभियानमा ठूलो रकम सहयोग गर्नुभएको छ। रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवा घर भई हाल सिंगापुर पुलिसमा कार्यरत “क्याप्टेन ” चन्द्रबहादुर पचभैयाले नगद रु.१ लाख सहयोग गर्नुभएको छ। पचभैयाको ब्यक्तिगत १ लाख र परिवारका अन्य सदस्यहरूको गरि उहाँको परिवारले मात्रै अभियानलाई नगद रु.१ लाख सत्र हजार ५ सय पन्चासी रुपैयाँ सहयोग गरेको हो ।
आफुहरुले संचालन गरेको अभियानलाई साथ दिंदै यति ठूलो सहयोग गरेकोमा खुसी सङ्गै धन्यवाद प्रकट गर्दै बिपद ब्यवस्थापन समितिका सचिब संगित मगरले उहाँहरुले गरेको सहयोगले आफुहरुलाई ठूलो उर्जा मिलेको बताउँदै उक्त सहयोगको सदुपयोग गर्ने र पारदर्शी गराइने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिपद ब्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कालाले सहयोग गर्नुहुने चन्द्र बहादुर पचभैया र उहाँको परिवारलाई धन्यवाद प्रकट गर्दै उहाँहरुको सु-स्वास्थ्य एवं दिर्घायुको कामना गर्नुभएको थियो। बिपद ब्यवस्थापन समितिले अब थप हौसलाको साथ सत्कर्म गर्ने पनि उहाँले बताउनुभएको छ ।
त्यस्तै समितिका कोषाध्यक्ष इन्द्र बहादुर सिंजालीले पनि यति ठूलो सहयोग गरेकोमा खुसी प्रकट गर्दै आजसम्म अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ। उहाँले पनि सहयोगी मनहरुबाट प्राप्त भएको सहयोगलाई पारदर्शी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यसैबीच बिपद ब्यवस्थापन समिती त्यहाँका जनताको स्वास्थ्य अवस्था सङ्गै पिर मर्का बुझ्न प्रत्येक दिन घरदैलोमा पनि पुगेको छ। वडा न.६ का वडा अध्यक्ष गिरिप्रसाद सिंजालीले पनि अभियानमा साथ दिनुभएको छ। उहाँ सङ्गै रिमुवा स्वास्थ्य चौकिका प्रमुख सचेन्द्र पटेल पनि बिपद ब्यवस्थापन समिती सङ्गै जनताको घरदैलोमा पुगि सचेतता जगाउने कर्ममा लागिरहनुभएको समितिका उपाध्यक्ष बिष्नु पछाँइले बताउनुभयो ।
उहाँको अनुसार सबै घर घरमा पुगेर बिपद ब्यवस्थापन समितिले स्वास्थ्य सचेतना सङ्गै प्रत्येक घरमा माक्स,आवस्यकता हेरेर सेनिटाइजर,सावन लगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस