३५ जनाको पिसिआर गर्दा गुल्मीको टाहाटिममा २२ जनामा संक्रमण पुष्टि :२६ गतेसम्म त्यस क्षेत्र सिल

माधव ज्ञवाली, जेठ २० गुल्मी :
जिल्लाको रुरुक्षेत्र ५ टाहाटिममा एकैपटक २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३५ जनाको पिसिआर बिधिबाट चेकजाँच गरिएकोमा २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बम्घा स्वास्थ्य चौकिका अहेब रोशन न्यौपानेले बताउनुभयो ।
संक्रमितहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको ,स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु होम आइसोलेसनमा रहेको न्यौपानेले जानकारी गराउनुभएको छ।
यसैबीच संक्रमण थप बढ्न नदिन त्यस क्षेत्रमा जेठ २६ गतेसम्म सिलबन्दी गरिने भएको छ। साविकको बम्घा गाविस वडा न.५ को आटिपाटा, छम्दी र उल्लिखोला बाहेकका क्षेत्र आज दिउसो १ बजेदेखी २६ गते दिउँसो १ बजेसम्म पुर्ण रुपमा सिल गरिएको गाउँपालिकाले जनाएको छ। यस् बिचमा संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङ गरिने जानकारी पालिकाले दिएको छ ।
यो अवधिभर अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरेको छ । उच्च मनोबलका साथ पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न पनि पालिकाले सुचना मार्फत अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस