माओवादी केन्द्र छत्रकोटद्धारा ,श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दिपा पन्थ ,जेठ १२ गुल्मी :

माओवादी केन्द्र छत्रकोट गाउँपालिका गुल्मीले श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको कोभिड १९ व्यवस्थापन अभियानको लागि विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशनमा रहेका बिरामी तथा अन्य कोभिड संक्रमित व्यक्तिको उपचार र रोकथामको लागि स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द अध्यक्ष डिलाराम न्यौपाने, उपाध्यक्ष होमनाथ कंडेल, सदस्यहरु गुणाखर ज्ञवाली, जिवन कंडेल, सावित्रा बि.क, डाक्टर अशोक रिजाल, छत्रकोट गाउँपालिका प्रमूख प्रशासकिय अधिकृत पून्य प्रसाद पौडेल लगायतको उपस्थितीमा ६ सेट पिपिई, १५ सय सर्जिकल माक्स, ६ सेट अक्सिजन मिटर, ३ हजार पिस सिटामोलर १० लिटर, हयान्ड सेनिटाईजर हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस