गुल्मीको बलेटक्सार बजार अनुगमन

ईश्वरी बस्याल चैत्र २० गुल्मी :

रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सार बजार क्षेत्रका किराना पसल, फ्रेस हाउस, होटल, दुध डेरी ,रेष्टुरेन्ट,मिठाई पसल, चाउमिन उधोग सहितका पसल,उधोग,व्यवसायहरुको अनुगमन कार्य सम्पन्न भएको छ ।

 

रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी पन्थको संयोजकत्व तथा खाद्य प्रविधि तथा  गुण नियन्त्रण डिमिजन कार्यलय तानसेन पाल्पाका निमित्त कार्यलय प्रमूख नरेश श्रेष्ठको अगुवाईमा अनसगमन कार्य सम्पन्न भएको छ ।

बलेटक्सार बजार क्षेत्रका २२ वटा पसल,उद्योग,व्यबसायहरु अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केही  पसलमा म्याद नाघेका सामाग्री फेला परेको थियो ति सामाग्री जफत गरी नष्ट गरीएको छ ।

आगामी दिनमा कारोबार थप गर्नको लागि  पसल सरसफाई गर्न पसलमा म्याद नाघेका सामाग्री नराख्न आग्रह गरीएको थियो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी पत्रकार उद्योग व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा अनुगमन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस