‘सिप बजारमा बिक्ने हुनुपर्छ’–प्रमुख प्रशासकिय अधिकृत भण्डारी/रेडियो श्रृङ्गेश्वर

नारायण न्यौपाने,गुल्मी, चैत्र १९–


छत्रकोट गाउँपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले सिप बजारमा बिक्ने खालको हुनुपर्ने बताउनु भएको छ । प्रतिशपर्धाको बजारमा अनुपयोगी सिप र उत्पादित सामग्रीले बजार नपाउने भन्दै भण्डारीले माग बढि हुने सामग्री उत्पादन गर्ने खालको सिप सिक्नुपर्नेमा जोड दिनुभयो । गरिबी निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम अन्तर्गत छोटो अवधिको आलु चिप्स बनाउने तालिमको बुधवार समापन कार्यक्रममा बोल्दै भण्डारीले आलु चिप्स बनाउने तालिम उपलब्धीपुर्ण हुने बिश्वास ब्यातm गर्नुभयो । छत्रकोट ५ को मनभाक आलु उत्पादनको पकेट क्षेत्र पनी भएकाले आलुबाट बन्ने परिकार सिकेकोमा प्रशिक्षार्थी सबैलाइ धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो,‘ तपाइहरु ७ जनाले काम गरेर नाम राख्नुहोला, गाउँपालिकाले तपाइलहरुलाइ आवस्यक पर्ने थप सेवा सुविधा दिन तयार छ । आम्दानी नहुँदा के हुन्छ ? खर्च जुटाउन नसक्दा के हुन्छ ? त्यो महसुस गरेर काम गर्नुभयो भने अवश्य सफल भइन्छ ।’कार्यक्रमका प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत भण्डारीले प्रशिक्षार्थीहरुलाइ आलु चिप्स बनाउन आवस्यक प्रविधि समेत हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रवत्ता एवम वडा न ५ का अध्यक्ष कृश्ण प्रसाद पन्तले सिप सिकेपछी ब्यावाहारिक हुनुपर्नेमा जोड दिदै त्यसको कार्यन्यन गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाले कृषी र उत्पादनमुलक क्षेत्रमा रहेर काम गर्नेलाइ प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
समाजसेवी सेषकान्त श्रेश्ठले प्रशिक्षार्थीहरुले सिकेको सिप उत्पादन सँग जोड्नका लागि सहयोगी बन्ने बताउनुभयो । उहाँले गफ गरेर उत्पादन नहुने भन्दै काममा ध्यान दिन अनुरोध गर्नुभयो । प्रशिक्षक नारायण पोखरेलले आलु चिप्स बेचेर पैसा कमाय पछि मात्रै आफुलाइ खुशि लाग्ने धारणा ब्याक्त गर्दै त्यसका लागि शुभकामना ब्याक्त गर्नुभयो । प्रशिक्षार्थी भगवती ज्ञवाली र अम्बिका पाण्डेले आफुहरु आलु चिप्सबाटनै आम्दानी गर्ने योजनामा रहेको बताउनुभयो । कार्यक्रमको आगामि योजना र मापदण्ड बारे सहजकर्ता यमुना अधिकारीले स्पष्ट पार्नुभएको थियो ।

यसैबिच छत्रकोट गाउँपालिकाको वडा न ४ दिगागमा ब्यावसायिक ब्यूटिपार्लर तालिमको शुभारम्भ भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम अन्तर्गत मध्यम अवधिको तालिम उद्घाटन गर्दै कार्यक्रमकी फोकल पर्सन शोभा श्रेश्ठले तालिम लिइसकेपछी आर्जन गर्न नसकिय उपलब्धिहिन हुने बताउनुभयो । ‘तालिम तालिममा मात्र सिमित नहोस’ श्रेश्ठले भन्नुभयो, ‘तपाइहरुले सिकेपछी केही गर्नुभएन भने त्यसको अपजस हामिलाइ पनी आउँछ, सरकारको लगानी खेर जान्छ, त्यसैले अनुशासित तवरले सिक्नुहोला ।’

वडा न ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले १० जनाले सिकेको सिपले हजारौ मानिसहरु लाभान्वित हनुपर्ने बताउनुभयो । सरकारले आत्मनिर्भर जनता बनाउन लगानि गरेको रकमको सदुपयोग गर्न अनुरोध गर्दै न्यौपानेले उत्कृश्ठलाइ आफुले पुरस्कृत गर्ने र ब्यावसाय गर्न चाहनेलाइ लगानी समेत गरिदिने प्रतिबद्वता ब्याक्त गर्नुभयो ।

कार्यपालिका सदस्य रुनमाया सिंजालीले प्रशिक्षार्थीहरुलाइ शुभकामना दिदै सिप सिकेर कार्यन्यन गर्नुपर्ने धारणा राख्नुभयो । ‘सिप, बाकसमा राखिरहने कपडा जस्तो नहोस’, सिंजालिले भन्नुभयो,‘ बाकसमा राखिरहेको कपडा प्रयोग नगरे बिग्रिन्छ ’

तालिमको सहजीकरण स्थानिय सावित्रा सुनारले गर्नुहुनेछ । कार्यक्रमको सहजीकरण गरेको सहयात्रा बिकाश केन्द्र नेपाल पाल्पाका प्रतिनिधी राजेन्द्र पाण्डेले शुभकामना दिदै सिप जिवन्त बनाउनु पर्ने बताउनुभयो । कार्यक्रमको प्रविधिक बिषयमा सहजकर्ता टोपबहादुर खत्रीले स्पष्ट पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस