रुरुक्षेत्र गाउँपालिका गुल्मीद्वारा रासायनिक मलको मूल्य निर्धारण

माधव ज्ञवाली, चैत्र १२ गुल्मी :

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ ।
विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मुल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो ।
रासायनिक मल सहकारीमार्फत वितरण हुँदै आएको छ । गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाहरूमार्फत कृषकहरुलाई एउटै मूल्यमा सहज र व्यवस्थित तरीकाले मल वितरण गर्नका लागि अधिकतम मूल्य निर्धारण गरिएको गाउँपालिकाका कृषि अधिकृत प्रभात गौतमले बताउनुभयो ।
९ गते बसेको गाँउपालिका र रासायनिक मल विक्रि वितरणको कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालक एवं प्रतिनिधि सहितको बैठकले भौगोलिक आधारमा उपभोक्ताहरूलाई विक्रि गर्ने मूल्य निर्धारण गरेको हो ।
पालिकाले युरिया मल किलोको साढे उन्नाइस , डि.ए.पि मल किलोको साढे अठचालीस र पोटास किलोको साढे पैंतीस कायम गरेको हो । गाउँपालिकाले मूल्य निर्धारण गरेपछि भने कृषकहरुले चर्को मूल्यमा मल विउ खरिद गर्ने बाध्यता भने हट्ने गाउँपालिकाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस