कोभिड १९ खोपको श्रृङ्गा स्वास्थ्य केन्द्रमा शुभारम्भ

 

केशव ज्ञवाली, चैत्र १ गुल्मी :

कोरोना भाईरस अर्थात कोभिड १९ को खोप लगाउने कार्यक्रम छत्रकोट गाउँपालिका ४ श्रृङ्गा स्वास्थ्य केन्द्रमा शुभारम्भ भएको छ ।

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले कोभिड १९ को लगाएर सुभारम्भ भएको कार्यक्रममा आज दिउँसो सम्म छत्रकोट गाउँपालिका वडा नम्बर ४ को साविक ५,६,७,८ र ९ वडाका ६५ वर्ष माथिका १३० जना नागरिकले खोप लगाएका छन् ।

श्रृङ्गा स्वास्थ्य केन्द व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ कंडेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि मधुकृष्ण पन्थ रहनुभएको थियो ।

स्वास्थ्य केन्दका डाक्टर अशोक रिजालले स्वागत मन्तव्य राख्दै कोभिड १९ खोपबारे जानकारी गराउदै भोलि सोमबार छत्रकोट ४ को साविक वडा नम्बर १,२,३, र ४ का ६५ वर्षमाथिका नागरिकलाई खोप लगाईने बताउनुभयो ।

कार्यक्रमको संचालन स्वास्थ्य केन्द्र अहेव रामकृष्ण ज्ञवालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस