ईश्वरी माध्यमिक विधालय गुल्मीका किशोरीहरुलाई फ्लोरिक आइरन चक्की खुवाउने कार्यक्रम सम्पन्न

तारा कंडेल माघ २५, गुल्मी : 
गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ईश्वरी माध्यमिक विधालय गुल्मीदरबार गाउँपालिका ०६ मा १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुलाई फ्लोरिक आइरन चक्की खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले विधालयमा पोषण सम्बन्धि कक्षा सञ्चालन तथा आइरन चक्कीले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा प्रष्ट पार्नुभएको थियो ।
विधालयका १७६ छात्राहरूलाई आइरन चक्की खुवाइएको थियो । कार्यक्रममा गुल्मीदरबार गाउँपालिका वडा नं ६ स्थित ठुलान आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्य प्रमुख उषा शाहले स्वागत मन्तव्य राख्नुभएको थियो भने विधालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले स्वास्थ सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिनुभएको थियो । सोही वडामा कार्यरत स्वास्थ्यकर्मीहरू मनिषा थापा र मिना पाण्डेको उपस्थिति समेत रहेको थियो ।
विधालयका प्रधानाध्यापक हरि बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा विधालयका शिक्षकहरुको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जनसंख्या तथा स्वास्थ्य फोकल शिक्षक विष्णु खत्रीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस