श्रृङ्गेश्वर तपोभूमि प्रा.वि गुल्मीको ५५ औँ वार्षिक उत्सव सम्पन्न

केशव ज्ञवाली, माघ २२ गुल्मी :

श्रृङ्गेश्वर तपोभूमि प्राथमिक विद्यालय रुरु क्षेत्र गाउँपालिका ४ मुसिडाँडा गुल्मीको ५५ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी पन्थ अतिथि रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, शिक्षा शाखा प्रमूख राम प्रसाद अधिकारी, गाउँपालिका सवइन्जिनियर रोमकान्त पाण्डे, श्रृङ्गा जनता मा.विका प्रधानाध्यापक विकास चन्द्र खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ कंडेल, जेष्ठ नागरिक शोभाकान्त ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु समाजसेवी अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक शान्ता ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कक्षा ५ मा अध्ययनरत विद्यार्थी अर्जुन ज्ञवाली, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोषलेश्वर ज्ञवाली, ज्ञवा बलेटक्सार माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद ज्ञवाली यस वर्षको उत्कृष्ट शिक्षक कल्पना अर्याल ज्ञवालीले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद ज्ञवालीले विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक राम्जी ज्ञवालीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस