पुर्व श्रम तथा रोजगार मन्त्री विष्टद्धारा ईश्मा तेक्वान्दो दोजाङको उद्घाटन

तारा कंडेल, माघ १३, गुल्मी :

सोमबार ( हिजो ) ईस्मा गाउँपालिका ३ को सभाहलमा ईश्मा तेक्वान्दो दोजाङको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पुर्व श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले तेक्वान्दो दोजाङको उद्घाटन गर्नुभएको थियो ।
“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद र सबैको लागी खेलकुद” भन्ने मुल नाराका साथ दोजाङको उद्याटन गरिएको हो । नवलपुर तेक्वान्दो दोजाङका खेलाडीहरुद्वारा डेमोस्ट्रेसन तेक्वान्दोको कला प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विगत ५ वर्षदेखी नवलपूर जिल्लामा रहि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गरी कुशल प्रशिक्षकको रुपमा आफुलाई चिनाउन सफल हुनुभएका राष्ट्रिय तेक्वान्दो संघ नवलपूरका अध्यक्ष मगरद्धारा इश्मा तेक्वान्दो दोजाङका दोजाङ प्रशिक्षक दिपक घर्तिलाई सम्मान गरिएको छ ।
ईश्मा गाउँपालिका ३ का वडा अध्यक्ष तोयानाथ शर्मा सापकोटाको सभापतित्व रहेको कार्याक्रममा पूर्व श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै इश्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट र राष्ट्रिय तेक्वान्दो संघ नवलपूरका अध्यक्ष इन्द्र बहादर राना मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ अर्घाखाँचीका अध्यक्ष प्रेम आले मगर, नेपाल बक्सिङ्ग संघ गुल्मीका अध्यक्ष सूर्यबहादुर काला मगर र नेपाल बक्सिङ्ग संघ गुल्मीका सचिव निम प्रसाद राहदि मगरको विशेष आतिथ्यता रहेको थियो । साथै उक्त कार्याक्रममा नवलपुर तेक्वान्दो दोजाङका सिनियर खेलाडीहरु, इश्मा तेक्वान्दो दोजाङका खेलाडीहरु, खेलाडी अभिभावकहरु, खेलप्रेमी तथा स्थानियको उपस्थितीमा कार्याक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस