गुल्मीमा किशारीका लागि आईरन चक्की वितरण तथा अभिमुखीकरण तालिम संचालन

गोविन्द भट्टराई, माघ ११ गुल्मी :

विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत किशारीका लागि आईरन चक्की वितरण अभिमुखीकरण तालिम छत्रकोट गाउँपालिका ३ को सरस्वती माध्यमिक विद्यालय भेडुवा गुल्मीमा सम्पन्न भएको छ ।
छत्रकोट गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत दामोदर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका शिक्षा शाखा अधिकृत, स्वास्थ्य शाखा अधिकृत, गाउँपालिका भित्र रहेका नि.मा.वि तथा मा.वि तहका प्रधानाध्यापक तथा प्रतिनिधि स्वास्थ्यकर्मीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सुआहारा पोषण तथा स्वास्थ्य अधिकृत प्रशिक्षक दिपेन्द्र पन्त सहजकर्ता तथा राजेन्द्र विश्वकर्माको सहजिकरण रहेको थियो । कार्यक्रममा बोल्दै विश्वकर्माले विश्वभर ४५ मृत्यु कुषेषण बाट हुनेहुदा आउँदा दिनहरुमा यस्ता घटना हुन नदिन विद्यालय उमेरका १० देखि १९ वर्ष सम्मका किशोरीलाई हप्तामा एक पटक आईरन चक्की विद्यालयमा खुवाउने र यसको लागि विद्यालय र स्वास्थ्य चौकीको सहयोगमा खुवाउने जानकारी दिनुभयो ।
आइरन चक्कीको प्रयोगबाट रोग प्रतिरोधात्मक क्षेमाता बढने, शरीरको तापक्रमलाई सन्तुलित राख्ने दिमागको वृद्धि विकास हुने जस्ता कार्यलाई सहयोग गर्ने हुदा यस्लाई देशव्यापी रुपमा अघि बाढाईएको पनि जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस