बम्घा आधारभूत विद्यालयमा नतिजा प्रकाशन पुरस्कार बितरण तथा अभिभावक भेला सम्पन्न ।

अनुप ज्ञवाली, माघ ९, गुल्मी :

बम्घा आधारभूत विद्यालय रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर – ४, बलेटक्सार चौतारा गुल्मीमा आज (शुक्रबार ) एक औपचारिक कार्यक्रमका बिच शैक्षिक सत्र २०७७ को अर्धबार्षिक परीक्षाको नतिजाफल प्रकाशन, पुरस्कर बितरण तथा अभिभावक भेला सम्पन्न भएको छ ।
साथै उक्त अवसरमा कोरोना महामारीको कारण गरिएको लकडाउ बाट प्रभावित भएको २०७६ सालको पुरस्कार बितरण कार्यलाई पनि आज पुर्णता दिइएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यम बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य हरि प्रसाद ज्ञवाली रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक शिखा ज्ञवालीले कबिता मार्फत राख्नु भएको थियो साथै बिद्यालयका प्रधानाध्यापक रुपा गौतमले बिद्यालयको समग्र अवस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा बिज्ञान बिषयमा सर्बोत्कृट नतिजा प्राप्त गर्ने बिद्यार्थी भगवती ज्ञवालीलाई पुर्व शिक्षक सुमन क्षेत्रीले नगद रु. ५०००/- प्रदान गर्नु भएको थियो । त्यस्तै गरि पुर्व शिक्षक माधब ज्ञवालीले उत्कृष्ट अंक प्राप्त गर्ने दलित तथा जनजाती विद्यार्थीलाई नगद रु. ६०००/- , पुर्व शिक्षक ठाकुर भण्डारीले विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद रु.४०००/- साथै सोम बहादुर चोपकलाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद रु.१०,०००/- प्रदान गर्नुभयो ।
अध्यक्ष खड्का र प्रधानाध्यापक गौतमले पुरस्कार बितरण गर्नुभएको कार्यक्रमको संचालन शिक्षक पुजा पौड्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस