गुल्मीमा लाखौ लगानी गरेका एक कृषकको फार्ममा आगलागी

गुल्मी,पौष २५

गुल्मीमा एक दुःखद घट्ना घटेको छ । पशुपालन व्यवसाय गरी आम्दानी गर्न लाखौ लगानी गरेका एक कृषकको फार्ममा आगलागी हुँदा खोरमा रहेका २५ वटा बाख्रा जलेर नष्ट भएका छन ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा स्थानीय विरेन्द्र शाहले सञ्चालन गरेको फर्ममा आगलागी भएको हो । आगलागीबाट खोरमा रहेका २५ वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जाली,जस्ता र काठले बनाईएको यस थ्रि बाख्रा फारममा गएराति अचानक आगलागी हुदा उक्त बाख्रा फारममा रहेका २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका जलेर मरेको प्रहरीले जनाएको छ ।

त्यस्तै आगलागीमा परी फारमका संचालक सोही ठाउँ बस्ने शाहको गाला र हात जलेको छ । उनको अहिले मेडिकल कलेज भैरहवामा उपचार भईरहेको बताईएको छ ।

आगलागीबाट झण्डै ३१ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगलागीको कारण खुलेको छैन ।

तर स्थानीय हरुले भने कसैले नियोजित रुपमा आगो लगाइदिएको भन्दै छानविनको माग गरेका छन । किसान शाहा चन्द्रकोट ३ का वडा अध्यक्ष किरण शाहाका छोरा हुन ।

ब्यक्तिगत रिसिबिका कारण आगलागी गराइदिएको भन्दै यो घटनाको जिल्लाभर भ्रत्सना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस