गुल्मीमा एक गोठमा आगलागी ; गोठ जलेर पुर्ण रुपमा नस्ट !

माधब ज्ञवाली , मंसिर ०८ गुल्मी :   

गुल्मीमा आज एक गोठमा आगलागी भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ नेटाका स्थानीय रवि पौडेलको गोठमा दिउँसो करिब साडे ३ बजेबाट लागेको आगोले गोठलाई पुर्णरुपमा क्षतिग्रस्त पारेको हो।
आगलागी भइरहेको बेला पौडेल घरमा हुनुहुन्थेन, उहाँको आमा बारीको काम गर्दै हुनुहुन्थ्यो । “म घर भित्रको काम गर्दै थिएँ, एक्कासि धुवाँ उडिरहेको देखेँ, बाहिर आउँदा गोठमा आगो लागिरहेको थियो,” पौडेलकी श्रीमति सीता पौडेलले बताउनुभयो । आगलागी कसरी भयो भन्ने कुरामा आफुलाई थाहा नभएको तर विद्युत सट भएर लागेको हुन सक्ने उहाँको भनाई रहेको छ।
गोठमा बाँधिएका बाख्रा र पाडी फुकाउन जाने क्रममा आगोले पोलेर उहाँ सामान्य घाइते हुनुभएको छ भने गोठमा बाँधिएका पशु चौपायालाई भने सकुशल उद्दार गरिएको उहाँले बताउनुभयो ।
करिब डेड घण्टाको प्रयासपछि स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा आएता पनि गोठ भने पुर्ण रुपमा जलेर नस्ट भएको छ ।
पानीको सुविधा हुनुको साथै घटना दिउँसो घटेको हुनाले आगो छिट्टै नियन्त्रणमा आएको र गोठ नजिकै रहेका अन्य घरहरू सुरक्षीत भएको स्थानीय जीवन गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस