होन्डा मोटरसाइकल र स्कुटर शोरुम “लक्ष्मी अटो मोबाइल्स” बलेटक्सारमा

माधब ज्ञवाली, कात्तिक ०३ गुल्मी : 

“उत्कृष्ट डिजाइन, पावरफुल इन्जिन, उत्कृस्ट माइलेज तथा राम्रो रिसेल मूल्य भयको होन्डा २ wheeler को आवश्यकता धेरै पहिलेदेखि नै महसुस भएको तर यो आवश्यकता कसैलेपनि पुरा नगरे पछि यो समयको मागलाई स्विकार्दै यो शोरुम खल्ने निर्णय गरेका हौ”

घटस्थापनाको शुभासाइत संगै धेरै समय देखिको प्रतिक्षा बलेटक्सारमा पुरा भएको छ। गुल्मी जिल्लाको उदाउदो व्यवसायिक केन्द्र बलेटक्सारमा होन्डा मोटरसाइकल र स्कुटर शोरुम “लक्ष्मी अटो मोबाइल्स” को नामबाट सुरु भएको छ ।

जिल्लाको ब्यापारिक मार्गको संगम स्थलमा पर्ने बलेटक्सारमा धेरै समय सम्म होन्डा को कमि महसुस भैरहेको अवस्थामा होन्डा शोरुम रिपेयर यन्ड सर्भिस सेन्टरको गाउपालिकामै पहिलो पटक सुरुवात हुनुले सम्पूर्ण बलेटक्सार लगायत सम्पूर्ण रुरुबासीहरुमा खुसी ल्यायको स्थानीय बासी बताउछन् ।

“उत्कृष्ट डिजाइन, पावरफुल इन्जिन, उत्कृस्ट माइलेज तथा राम्रो रिसेल मूल्य भयको होन्डा २ wheeler को आवश्यकता धेरै पहिलेदेखि नै महसुस भएको तर यो आवश्यकता कसैलेपनि पुरा नगरे पछि यो समयको मागलाई स्विकार्दै यो शोरुम खल्ने निर्णय गरेका हौ”, होन्डा बलेटक्सार का अध्यक्ष्य सुशील ज्ञवाली ले बताउनुभयो । “होन्डा आफैमा अटो मोबाइल क्षेत्रको उत्कृष्ट कम्पनी रहेको र यसका २ wheeler को नेपालमा अत्यधिक माग रहेकोले पनि युवा व्यवसायी मिलि यसलाई भित्राउने आट गरेका छौ,” होन्डा बलेटक्सारका कार्यकारी निर्देशक सुमन बरालले बताउनुभयो ।

बलेटक्सार बजारको चोक देखि २०० मिटर भित्र ८ फुटको पक्कि बाटोमा खुल्ला ठाउमा धेरै क्षेत्रफलमा ट्राफिक लाइ छली एकान्त र रमणीय ठाउमा उत्कृष्ट मेकानिक सहितको सर्भिस हुनुले व्यवसाय सफल हुनेमा बिस्वास रहेको होन्डा बलेटक्सारका प्रबन्धक सुजन ज्ञवालीले बताउनुभयो ।

होन्डा बलेटक्सार होन्डा गुल्मी समूह अन्तरगतको सस्था रहेको र यसलाई जिल्लामै बृहत रुपमा लगेर जिल्लाको उदाउदो बलेटक्सारमा केन्द्र बनाइ अगाडी बढाउने योजना रहेको होन्डा बलेटक्सारका स्रोत ब्यबस्थापन निर्देशक अरुण ज्ञवाली ले बताउनुभएको छ ।

“बलेटक्सार गुल्मी जिल्लाकै ब्यापारिक केन्द्र रहेकोले यो सफल हुनेछ, यो बिसम समयमा अन्य यातायात प्रयोग गर्नुभन्दा आफ्नै साधन हुनु जरुरि रहेको अवस्थामा होन्डा आर्थिक रुपले बहन गर्न सक्ने, उत्कृस्ट माइलेज लगायत अन्य धेरै विशेषता रहेको कारण यसमा लगानी गर्दा घाटा नहुने कुरा विस्वस्त पर्न चाहान्छु , “कार्यकारी निर्देशक सुमन बराल बताउनुहुन्छ ।

होन्डा बलेटक्सार रुरुक्षेत्र गा.पा वडा न ४ बलेटक्सार, संगमचोक देखि २०० मिटर पूर्व पैचो पसल प्रा ली देखि ५० मिटरको दुरीमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.