छत्रकोट गाउँपालिका गुल्मीद्धारा नव नियुक्त प्रमूख प्रसासकिय अधिकृत भण्डारीलाई स्वागत

दिपा पन्थ,कार्तिक २ गुल्मी :

छत्रकोट गाउँकार्यपालिका चोयगा गुल्मीले नवनियुक्त प्रमूख प्रसासकिय अधिकृतलाई स्वागत गरेको छ ।
गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ प्रसासकिय अधिकृत दामोदर भण्डारीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ ।


छत्रकोट गाउँपालिका शाखा प्रमूख पूण्य प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पन्त, रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम र नव नियुक्त प्रमूख प्रसासकिय अधिकृत दामोदर भण्डारीले मन्तव्य राख्नुभएको थियो ।
रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा अतिथि छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, प्रसासकिय अधिकृत दामोदर भण्डारी र श्रृङ्गा हुलाक कार्यलयका निमित्त प्रमूख केशवराज ज्ञवाली लगायत सम्पूर्ण वडाका वडाध्यक्ष, सदस्य, गाउँपालिका भित्रका विभिन्न पदका कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।
कार्यपालिका सहायक हुमनाथ पन्थले शुभकामना मन्तव्य सहित कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.