वि एण्ड वि युवा क्लबले गर्यो मृगौला पीडितलाई नगद सहयोग

माधब ज्ञवाली, कात्तिक ०२ गुल्मी :

वि एन्ड वि युवा क्लब रुरुक्षेत्र गाउँपालिका गुल्मीले मृगौला पिडितलाई सहयोग गरेको छ।
जिल्लाको रेसुङ्गा नगरपलिका वडा न. १० का मृगौला पिडित २१ वर्षीय अन्जु वस्नेत लाइ क्लबले सहयोग प्रदान गरेको हो।समाजसेवी युवा नेता तथा क्लबका अध्यक्ष यदु ज्ञवालीले विभिन्न व्यक्तित्वहरुबाट प्राप्त भएको सहयोग र क्लवको तर्फबाट समेत गरि नगद रु.बाईस हजार पाँच सय पिडित का बुवा नेत्र वस्नेतलाइ उपचारको लागि हस्तान्तरण गर्नुभएको हो ।राजनीति र सामाजिक क्षेत्रमा सक्रिय भुमिका खेलिरहनुभएका क्लबका अध्यक्ष ज्ञवालीले यसरी सहयोग गर्न पाउँदा निकै खुसी भएको बताउदै उहाँको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।
गत वर्ष जिल्लामै सबैभन्दा ठुलो धनराशिको क्रीकेट प्रतियोगिताको आयोजना गरेर आफ्नो सक्रियता देखाएको यस क्लबले त्यसयता निरंतर विभिन्न ब्यक्तिहरुलाई सहयोग उपलब्ध गराउदै आएको र अबका दिनहरुमा पनि यस्तै यस्तै सहयोगलाई निरंतरता दिइने समेत उहाले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.