रेडियो श्रृङ्गेश्वरद्धारा छत्रकोट गाउँपालिका प्रसासकिय अधिकृत पन्थलाई सम्मान तथा विदाई

दिपा पन्थ , कार्तिक १ गुल्मी : 

छत्रकोट गाउँपालिका गुल्मीले एक औपचारीक कार्यक्रमका साथ प्रमूख प्रसासकिय अधिकृतलाई विदाई गरेको छ ।
सोही अबसरमा रेडियो श्रृङ्गेश्वर एफ.एम १०४.४ मेगाहर्ज छत्रकोट– ३ गुल्मीले गाउँपालिका प्रसासकिय अधिकृत भेषराज पन्थलाई सम्मानका साथ विदाई गरेको छ ।
कार्यक्रममा रेडियोका अध्यक्ष धातानन्द भुसालले सम्मान पत्रका साथ पन्थलाई साथ सम्मान गर्नुभएको थियो भने सहकर्मी अमर पन्थले मायाको चिनो प्रदान गर्नुभएको थियो ।


छत्रकोट गाउँपालिकामा करिब १ वर्षे कार्यभार समाल्नु भएका वहाँले स्थानिय सरकारले गरेका कार्यक्रम तथा गतिविधिे लाई रेडियो श्रृङ्गेश्वरले आफनो संचारमाध्यम बाट जनता सम्क्ष पुराउन सहयोग गरिदिएको प्रति आफूमा थप उर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।
साथै विश्व भर फैलिएको कोरोना भाईरस, बाढीपहिरो सम्बन्धि सूचना प्रवाह गर्दै नागरिकलाई सरकारसँग जोड्न खेलेको भूमिका प्रति आभारी रहर्दै रेडियो रेडियो श्रृङ्गेश्वरले गरेको सम्मानको उच्च कदर गर्दै आगामी दिनमा पनि रेडियो श्रृङ्गेश्वरसँगको सम्बन्ध आत्मिय रहने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.