गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

 

रेडियो श्रृङ्गेश्वर, कार्तिक  १ :     

गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

असोज ३०  गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको शुक्रबार साँझ साढे ६ बजे आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले पुष्टि गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.