मेगा बैंक बलेटक्सार गुल्मीद्वारा Pos मेसिन संचालनमा

माधब ज्ञवाली, असोज २९ गुल्मी :   

मेगा बैंक नेपाल लिमिटेड बलेटक्सार गुल्मीले पहिलोपल्ट Pos मेसिन संचालनमा ल्याएको छ। हिजो बलेटक्सार शाखाका म्यानेजर बिज्ञान पन्थले रुरुक्षेत्र ४ बलेटक्सारको सुमेरु फिड्सलाई सो मेसिन हस्तान्तरण गर्दै कोरोना भाइरसको त्रासको कारण सेवाग्राहीहरुलाई पर्न गएको असरलाई मध्यनजर गर्दै सो मेसिन प्रयोगमा ल्याइएको बताउनुभएको हो ।
बैङको खातामा पैसा भए जुनसुकै बैङको एटीएमबाट पनि कारोबार गर्न सकिने भएकोले क्यास कारोबार गर्ने झन्झटबाट छुटकारा पाउन सकिने पन्थको भनाई रहेको छ, जसबाट जुनसुकै बैङको भिसा र मास्टर कार्ड भएको सेवाग्राहीले लाभ लिन सक्नेछन् ।
बैंकले ०७६/०७७ मा सेवाग्राहीको सहजताका लागि १५ वटा QR कोड पनि वितरण गरेको छ भने गत साउन १४ गतेबाट लागू हुनेगरी सेवाग्राहीहरुलाई सरल र सहज तरिकाले आर्थिक कारोबारमा सहयोग पुग्ने अपेक्षा सहित एटीएम सेवा पनि सुरु गरिसकेको छ।
बैंकले बिस्तार गर्दै आएको सेवाप्रति ब्यवसायी एवम् सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.