कोरोनाका कारण बागलुङका एक पुरूषको मृत्यु
रेडियो श्रृङ्गेश्वर, असोज २९
कोरोना संक्रमणका कारण बागलुङका एक पुरूषको पोखरामा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो । यो सँगै बागलुङमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
उच्च रक्तचाप र मुटुको समस्या रहेका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरा लगिएको थियो । उहाँको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी जानकारी दिएको छ । उहाँले विगत लामो समयदेखि बानपा ३ मा किराना व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।