सामान्यज्ञान दैनिक (GK UPDATE)

पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ?
– पृथ्वी, जल, तेज, वायु र आकाश

प्रसिद्ध खेलाडी कोबी ब्रायन्ट कुन खेलसँग सम्बन्धित छन् ?
– बास्केटबल   

नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?
– विक्रम संवत् २०७६ माघ १५–१६

नेपालको प्रतिनिधिसभा कति सदस्यीय हुने प्रावधान छ ?
– २७५ 

प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्युठानमा पर्दछ भने कागबेनी कहाँ पर्दछ ?
– मुस्ताङ

कुन महासागरलाई ‘तेलको महासागर’ पनि भनिन्छ ?
– हिन्दमहासागर

ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
– मनसुनी वायु

प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
– कुलवीर थापा

सहिद दिवस कहिले मनाउने गरिन्छ ?
– माघ १६ (विसं २०१२ देखि दिवस मनाउन थालिएको )

Leave A Reply

Your email address will not be published.