लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव

असोज २८

लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले आज सूचना प्रकाशित गर्दै १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।

निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ । कोडिका कारण अन्यौलमा रहेको पदपूर्तिफुकुवा गर्ने मन्त्रीपरिषद्को निर्णयसँगै आयोगले कर्मचारी भर्ना प्रक्रिया कार्यतालिका अनुसार नै गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.