सामान्यप्रशासन मन्त्री त्रिपाठी सिकिस्त, ग्रान्डि अस्पतालको आइसियुमा उपचार हुँदै

रेडियो श्रृङ्गेश्वर, असोज २७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा भर्ना भएका छन् ।

आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको ग्रान्डि अस्पतालको आइसियुमा उपचार भइरहेको स्वकीय सचिव रमेश पाण्डेले जानकारी दिए ।

स्वकीय सचिव पाण्डेका अनुसार आइतबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि मन्त्री त्रिपाठीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालको रिपोर्ट अनुसार उनको पित्त थैलीमा पत्थरी रहेकोले तत्काल शल्यक्रियाका लागि ग्राण्डि हस्पिटल भर्ना गरिएको र शल्यक्रिया पश्चात् उनलाई आइसियुमा भर्ना गरिएको हो ।

 

Leave A Reply

Your email address will not be published.