दसैँमा घर गएपछि सातदिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सरकारको निर्णय

रेडियो श्रृङ्गेश्वर, असोज २६ ;   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले घर जानुभन्दा अगाडि वा कतै यात्रा गर्ने योजनामा भए अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने सरकारले निर्णय गरेको बताए।
७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने मात्रै यात्रा गर्नुपर्ने र गतन्व स्थानमा पुगेपछि पुनः ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको उहाँले बताउनुभयो।
प्रवक्ता गौतमले यस वर्ष महामारीको समय भएकोले जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गर्नुभयो।
साथै चाडपर्वका लागि व्यापार, व्यवसाय तथा यात्राका लागि भीड र संक्रमण फैलाउने कामहरु नगर्न नगराउन उहाँले आग्रह गर्नुभयो ।
सरकारले चाडपर्वका बेला मानिसहरुले कम भन्दा कम यात्रा गरुन् भन्ने मनसायका साथ १४ दिन अनिवार्य क्वारिन्टन बस्नुपर्ने नियम लगाएको बुझिएको छ।
यदि सरकारका पछिल्ला आदेशहरु नागरिक स्तरबाट पालना नभए फेरि पनि लकडाउनको निर्णय गर्न बाध्य हुने चेतावनी पनि सरकारले दिएको छ।

Leave A Reply

Your email address will not be published.