पाल्पा–बुटवल सडक आज देखी २९ गतेसम्म दैनिक ३ घण्टा बन्द

 

रेडियो श्रृङ्गेश्वर, असोज २६:  

पाल्पा–बुटवल सडक आज देखी २९ गते बिहीबारसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।

अविरल वर्षाका कारण राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको थियो

यो सडकमा दैनिक ५ हजार बढी साना ठूला गाडी चल्छन् । चाडपर्वको समयमा दैनिक ३ घण्टा सडक बन्द भएपछि समस्या हुने यात्रुले गुनासो गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.