कोरोना भाइरसको सङ्क्रमणका कारण आज १० जनाको मृत्यु

असोज २३ गते 

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र नौ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँका ८७ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका २९ र ५२ बर्षीय पुरुष, सुनसरीका ४६, ५२, र ६८ बर्षीय पुरुष, काठमाडौँका ७१ बर्षीय पुरुष, ललितपुरका ८४ बर्षीय पुरुष, रुपन्देहीका ४७ र ८४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैबीच,

आज देशभर सात सय ३२ जना महिला र एक हजार तीन सय २७ जना पुरुष गरी दुई हजार ५९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख छ सय ७६ पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार छ सय ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् ।

Leave A Reply

Your email address will not be published.