गुल्मी र अर्घाखाँचीमा गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि

असोज १९

गुल्मी र अर्घाखाँचीमा गरी थप ३० जना कोरोनाका नयाँ सँक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अपडेट सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह निकालेको विवरणमा यी दुई जिल्लाका ३० संक्रमित थपिएका जनाएको हो ।

गुल्मीमा ६ महिला र ११ पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ । त्यस्तै अर्घाखाँचीका ३ महिला र १० पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै आज पाल्पामा ६ र रुपन्देहीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण एकै दिन मृत्यु हुने यो नै हालसम्मको उच्च संख्या हो । यसैगरी सिकिस्त बिरामीको संख्या पनि बढ्दै गएको आजको तथ्याङ्कले देखाएको छ । हाल देशभर ४३ जनाको भेन्टिलेटर र २४४ जनाको आई.सी.यू मा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.