क्यान्सर के हो ? किन हुन्छ र कसरी बच्ने ?

नेपालमा क्यान्सर रोगीहरुको संख्या बढिरहेको छ । अव्यवस्थित जीवनशैली, खानपान,पर्याप्त व्यायामको कमी, सुर्तीजन्य पदार्थको सेवन लगायत यसका कारक छन् । यो रोग हरेक वर्ष २५ हजार बढी नेपालीको काल बनिरहेको तथ्याङ्क छ । रोगको बिगबिगी एकातर्फ र उपचार पद्धतिको जटिलता अर्कोतर्फ झन भयानक अवस्था छ ।
क्यान्सर जो कोहीलाई पनि लाग्न सक्छ तरपनि, मानवीय सजगताबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।

के हो क्यान्सर ?
विशेषज्ञहरुका अनुसार  “शरीरका विभिन्न कोषिकाहरु अनावश्यक रुपमा बढ्नु अन्यत्र फैलनु वा काममा बाधा उत्पन्न गरी कोषहरु नै मर्नु क्यान्सर हो भन्न सकिन्छ । यो  कहिलेकाँही लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। ”
बेलैमा पहिचान गर्न नसकिएमा यसले मृत्युसम्म पु¥याउँछ । अझ कहिलेकाहीँ त क्यान्सर भएको थाहै नपाई शरीरका धेरै भागमा फैलिसकेको पनि हुन्छ ।

कारण
वातावरण र खानपानमा सचेत नहुनु नै क्यान्सरको प्रमुख कारण मानिन्छ । धेरै चिल्लोयुक्त खाना, भुटेको पोलेको , तारेको र अधिक मसलादार खाद्यपदार्थ यसका कारक मानिन्छन् । त्यतिमात्र हैन सुर्तीजन्य पदार्थ पनि क्यान्सर निम्त्याउने प्रमुख तत्वका रुपमा आउँछ । यसमा पाइने निकोटिनले क्यान्सरका कोषहरुलाई थप सक्रिय बनाउन र फैलन मदत गरिरहेको हुन्छ ।
त्यस्तै प्रदुषित वातावरण, धुलोधुवाँ आदिले पनि क्यान्सर गराउन सक्छ ।

बच्ने उपायहरु
आफ्नो जीवनशैली व्यस्त बनाउनुहोस् तर, व्यवस्थित । खानपानको निश्चित समय र अभ्यासको तालमेल मिलाउनुहोस् जसले तपाइँको शरीरमा विकार पदार्थ जम्मा भएर रहन दिँदैन । तारेको, भुटेको र पोलेको खानेकुरा चटक्कै छोड्नुस् ।

क्यान्सरका विषयमा अझै महत्वपुर्ण कुरा त के भने सुर्तीजन्य पदार्थबाट टाढै रहनुहोस् । चुरोट, खैनी ,सुर्ती गुट्खा लगायतका पदार्थ नै प्रमुख कारक रहेकाले यीनीहरुको सेवनबाट अलग रहन सकेमात्र पनि क्यान्सरको जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.