पाल्पामा गोठ मर्मत गर्ने क्रममा १ जनाको मृत्यु, १ जना घाइते

चुरामणी तिमिल्सिन, असोज १२ गुल्मी :
पाल्पाको रिप्दिकोट गाउँपालिका वार्ड न ८ डबकामा भैंसी गोठ मर्मत गर्ने क्रममा आज दिउँसो १ जनाको घटना स्थलमा मृत्यु भयको र १ जना घाइते भएको ईलाका प्रहरी चौकी मुजुङले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका वार्ड न ७ का अन्दाजी ५५ बर्षका हरि बहादुर लम्तरी रहेको र घाइते हुनेमा सहि पालिकाका वार्ड न ८ फेकका अमर बहादुर पेग्ने रहेको र उनलाई उपचारको लागि पाल्पा मिसन पठाइएको वार्ड न ८ का वार्ड अध्यक्ष नारायण बहादुर लाम्टाङगेले जानकारी दिनुभयो । गोठ भत्किदा १ भैंसी र १ बाख्रा समेत पुरियको परिवारले जानकारी दिनुभएको छ ।
उनको सबलाई पोस्टमाटको लागि जिल्ला प्रहरी कार्यलय पाल्पाको टोलि घटना स्थलमा पुगिसकेको र पाल्पा लाने तयारी भैएको अध्यक्ष लाम्टाङगेले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.